काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ पुँजी पुर्याउनु १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रहेको छ । प्रभु र महालक्ष्मी लाइफ एक आपसमा मर्जर भएर प्रभु महालक्ष्मीको नामबाट एकीकृत कारोबार गरेका हुन् । प्रस्तावित हकप्रद बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि निष्कासन हुनेछ ।