भर्खर बिहे गरेका यी जोडीको उदाहरणीय काम – बिहे खर्च घटाएर समाज सेवा

काठमाडौ – अरुबेला भएको भए मंसिर महिनामा धेरैको बिहे हुने महिना हुन्थ्यो । अहिले परिस्थिति अलि फरक छ । एक कोरोना महामारी र अर्को मलमास यो मंसिरमा खासै लगन नहुनु । यो बीच पनि धेरै नव जोडीहरु वैवाहिक जीवनमा बाँधिएका छन् ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ का पवन बजागाईँले आफ्नो बिहेमा हुने खर्च कटौती गरेर त्यो रकमले अक्षयकोष स्थापना गरेका छन् ।

बिहेमा हुने खर्च र आफुहरुलाई टीका लगाएर दिएको पैसाले अर्थिक अवस्थाका कारण पढ्न नपाउनेहरुका लागि सहयोग हुने हेतुले कोषको स्थापना गरेको बजागाईको भनाइ छ ।

उनीहरुले एक लाख २५ हजार ५ सय २५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । उनले आफ्ना बुवाआमा ‘रोहितप्रसाद, पदमकुमारी र तुलसा बजगाईँ’ अक्षयकोष स्थापना गरेका हुन् ।

प्रतिक्रिया