काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाले १२ जनाको ज्यान गएको स्वास्थ मन्त्रलायले जानकारी दिएको छ ।
यही अवधिमा एक हजार २१७ नयाँ संक्रमित पुष्टी भएको छ । पछिल्ला केही दिनहरूमा संक्रमित भन्दा निको हुने धेरै हुँदै आएका थिए तर आज भने निको हुने भन्दा संक्रमित हुने धेरै रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६४ जना कोरोनाबाट मुक्त भएका छन ।