प्रि ओपन सेसनमा सामान्य बढ्यो नेप्से

काठमाण्डौ । सोमबार दोहोरो अंकले घटेको बजार मंगलबारको प्रि ओपन सेसनमा  भने झिनो अंक बढेको छ । 

अघिल्लो कारोबार दिन अर्थात सोमबार २७।१६ अंक घटेर १८७१।२३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।०६ अंक बढेर १८७१।२८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।१० अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ७ स्टकको १ लाख २३ हजार ३९८ रुपैयाँ बराबरको ५७० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ।

प्रतिक्रिया