अहिले सम्मकै ठूलो आइपीओ निष्कासनको लागि अनुमति माग

काठमाडौ – नेपालमा नयाँ लगानीकर्ता बढेसँगै आइपीओ नपरेर धेरै लगानीकर्ता चिन्तित हुनुहुन्छ । पछिल्ला केही आइपिओमा अत्याधिक आवेदन परे पछि गोलाप्रथाबाट छनौट गरिएको थियो ।

यसै बीच सबै लगानीकर्ताको हात खाली नहुने गरी नयाँ कम्पनिले आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र वोर्ड मा निवेदन दिएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक ले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति मागेको हो ।

मंसिर ३ गते बसेको साधारणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित भएपछि बैंकले बोर्ड पुगको हाे ।

बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बैंकको अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया