आज पनि नेपालमा संक्रमित भन्दा निको हुने धेरै

काठमाडौ – नेपालमा आज पनि कोरोना संक्रमित भन्दा निको हुनेको सख्या धेरै रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ हजार ५६ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै यो अवधिमा एक हजार ४८६ जना कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् ।

२४ घण्टामा जम्मा ६ हजार २८६ पीसीआर परीक्षण भएका छन् । साथै कोरोना ले १४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया