काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर एक–एक रुपैयाँले घटाइएको छ।
नयाँ मूल्यसूचीअनुसार अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँमा बिक्री हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ। मूल्य घटेसँगै उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गर्ने निर्णय गरेको हो।