काठमाडौ । जूनी जुनी संगै जिउने कसम खाएको जीवन साथीले बीचैमा छोडेर गए पछि बाँच्न मन् पक्कै हुँदैन तर बाँच्नु पर्ने हो, उनी बाँच्न चाहिन्न ।
झट्ट सुन्दा चलचित्रको कथा जस्तै लाग्ने यो कुरा वास्तविक जीवनमै परेको छ । नेपालमा पतिको दुर्घटनामा ज्यान गए पछि साइप्रस मा रहेकी जीवन संगिनिले पनि आत्महत्या गरेकी छन् ।
उनी दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङ हुन् ।