ज्योती लाइफ इन्स्योरेन्सले आइपीओ निस्कासन गर्न निवेदन,कति कित्ता आउँला आइपीओ ? ?

काठमाडौ । नेपालमा इन्स्योरेन्स हरुले धमाधम आइपीओ निस्कासन गरिरहेका छन् । सरकारले पूँजीको स्तर तोकिदिए पछि पुँजी वृद्धिको लागि धेरै इन्स्योरेन्स कम्पनीहरु आइपीओ मार्फत रकम संकलन गर्दै छ ।

यसै बीच ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन स्वीकृति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । अनुमतिको लागि २०७७ मंसिर १९ गते आवेदन दिएको हो ।

कम्पनीले अनुमति पाए पश्चात ६६ करोड बारबारको ६६ लाख कित्ता आइपीओ सर्वसाधरणलाई निष्काशन गर्नेछ ।

निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटलाई नियुक्ती गरेको छ ।

आइपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड पुग्नेछ । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५४ करोड रहेको छ भने जगेडा कोषमा ४६ करोड ०५ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा २ अर्ब २५ करोड रहेको छ भने महाविपत्ती कोषमा ५ करोड ११ लाख रहेको छ ।

प्रतिक्रिया