दुई दिनपछि त्रिभुवन विमानस्थल सञ्चालनमा

काठमाडौँ– दुई दिनदेखि प्रदर्शनका कारण बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ। विमानस्थल सुरक्षा समितिको बैठकले हिजोदेखि स्थगित सबै हवाई उडान पुनः सुचारु गर्ने निर्णय गरेको हो।

विमानस्थलको आधिकारिक वेबसाइटमा जारी सूचनामा भनिएको छ, “हवाई यात्रुहरूले आफ्नो उडान समयबारे वायुसेवा कम्पनीसँग पुष्टि गरी मात्र विमानस्थल आवतजावत गर्न अनुरोध गरिन्छ। साथै, यात्रा गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ।”

प्रतिक्रिया