निर्देशनमा निखारिदै स्मृति, उत्कृष्ट कथामा बन्यो "डाँडै काटेर"

काठमाण्डौ। लोकप्रिय निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेको नयाँ गीत "डाँडै काटेर" भर्खर मात्र सार्वजनिक भएको छ। एक दशकभन्दा लामो समयदेखि निर्देशन गर्दै आएकी स्मृतिको पछिल्ला कामहरूमा निकै मेहनत देख्न सकिन्छ।

उनले निर्देशन गरेको पछिल्लो गीतमा गरिएको मेहनतको समेत दर्शकले खुलेर प्रशंसा गरेका छन्। नेहर बुडाथोकीको उत्कृष्ट शब्द, संगीत तथा सुमधुर आवाज रहेको गीतले माया प्रेमलाई अडियो र भिडियोमार्फत कलात्मक रूपमा देखाउन खोजेको छ।

तिमिल्सीनाको निर्देशन रहेको गीतमा प्रभात पल ठकुरी र ललन चिमोरियाको अभिनय देख्न सकिन्छ। गीतलाई गुरुआमा फिल्म्सले बजार व्यवस्थापन गरेको छ।

 

प्रतिक्रिया