• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार २ सय २० जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६२८ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको जनाइएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया