काठमाण्डौ - साताको दोस्रो दिन प्रिओपन सेसनमा नेप्से करिव ७ अंकले बढेको छ ।
६८ कम्पनीहरुको एक करोड १६ लाख भन्दा धेरैको कारोबार हुँदा ४६ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १३ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । त्यस्तै ५ कम्नपीहरुको शेयर मूल्य भने घटेको छ ।
आज देखि दोस्रो बजारमा प्रवेश गरेका युनियन लाईफ इन्स्योरेन्सको स्पेशल प्रिओपन सेसनमा २० कित्ताको कारोबार भएको छ । कम्पनीको शेयर ३ सय ४२ रुपैयाँमा पहिलो कारोबार भएको छ ।
त्यस्तै आजनै दोस्रो बजारमा प्रवेश गरेको मनकामना स्मार्ट लद्युवित्तको भने दोस्रो बजारमा कारोबार हुन सकेन । स्पेशल प्रिओपन सेसनमा शेयर खरिद विक्री हुन नसकेपछि यसको दोस्रो बजारमा कारोबार नभएको हो । भोली फेरी यहि सेसनमा यसको प्रिओपन हुने छ ।