काठमाडौ – रुस पहिलो यस्तो देश बनेको छ जसले कोरोना विरुद्धको खोप बनाउने मात्र हैन् जनतामा लगाउने काम समेत सुरु गरेको छ ।
रूसको स्वदेशमै निर्मित स्पुत्निक–५ खोपको प्रयोग भइरहेको छ । रूसको यो खोप ९५ प्रतिशत प्रभावकारी हुने अधिकारीहरु बताउँछन् । खोपको रूस लगायतका स्थानमा सामूहिक परीक्षण तथा अनुसन्धान भइरहेको छ ।
रुसले पहिलो चरणमा अति प्रभावित क्षेत्रमा खोप लगाउँदै छ । सो खोप लगाउन रुसका धेरै जनताले आफ्नो नाम दर्ता गराइरहेका छन ।
यस्तै आफ्नो खोपको व्यापार गर्नको लागि यही हप्ता रुसका केही प्रतिनिधि ५ हजार डोज सहित नेपाल आउने भएका छन् ।
उनीहरुले सरकारी प्रतिनिधिहरू सँग खोपको प्रभावकारिता बारे जानकारी दिने छन् ।