जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । आयोगले बुधबार गत भदौ २३ र २४ गते भएका घटनाका क्रममा मानवअधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गरेको हो ।
आयोगले आन्दोलनका क्रममा भएका घटनाबारे तयार गरिएको अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस समेत गरेको छ । आयोगका अनुसार २०८३ जेठ १२ गते बसेको बैठकले प्रतिवेदनमा उल्लेखित निर्णय तथा सिफारिस कार्यान्वयनका लागि सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ ।
आयोगले जारी गरेको विज्ञप्तिमा जेन–जी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनसम्बन्धी घटनाको अनुसन्धान गर्न गठित समितिले अध्ययन सम्पन्न गरी प्रतिवेदन आयोगसमक्ष पेस गरेको उल्लेख गरिएको छ । सोही प्रतिवेदनका आधारमा आयोगले सरकारलाई आवश्यक कदम चाल्न सिफारिस गरेको जनाएको छ ।
पुरै प्रतिवेदन हेर्न यहाँ जानुहोस्