काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्रमा क्षति पुगेको छ।
बाढीका कारण स्याफ्रुबेशी आसपासका नदी किनारका बस्ती प्रभावित भएका छन्। रसुवाका पत्रकार हेमनाथ खतिवडाका अनुसार बाढी बस्तीमा प्रवेश गर्दा घर तथा अन्य संरचनामा क्षति पुगेको छ।
तिब्बत क्षेत्रमा बाढी आएको जानकारी त्यहाँको प्रशासनले बिहानै रसुवा प्रहरी प्रशासनलाई गराएको बताइएको छ। बाढीका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।