काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक कस्तुप पन्तको दोस्रो तीज गीत बैँस बितारा भर्खर मात्र सार्वजनिक भएको छ । यस अघिको मौलिक तीज गीत पछि पन्तले सबैलाई नचाउने खालको गीत सार्वजनिक गरेका हुन ।
कस्तुप पन्तको लय तथा शब्द सिर्जना रहेको गीतमा पछिल्लो समयकी लोकप्रिय गायिका शान्ती श्री परियारले आवाजमा साथ दिएकी छन । गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ ।
रमेश सञ्चारीको संगीत संयोजन रहेको गीतमा कपिल लामाले निर्देशन गरेका छन भने अस्मिता रनपाल र दिलीप ओखेडाको अभिनय रहेको छ ।