बिहानै दुःखद खबर, हुम्लामा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गयो ७ घाइते

काठमाडौ – नेपालमा सबारी दुर्घटनाको खबर दैनिक बढिरहेका छन् । यसै बीच शनिबार बिहानै दुःखद खबर आएको छ । हुम्लामा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएको छन् ।

हेप्काखोलाबाट बिरामी लिएर सिमकोट फर्किने क्रममा डाँडाफयामा गएराति ११ बजे जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालहरू मा उपचार भइरहेको तथा मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया