काठमाडौ – पछिल्लो २४ घण्टामा कोरोना बात नेपालमा १६ जनाको ज्यान गएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै यो अवधिमा १२ सय ७२ नयाँ संक्रमित थपिएका छन् । साथै कोरोना मुक्त हुनेको संख्या यो अवधिमा १५ सय ७५ जना रहेको छ ।
पछिल्लो केही साता नेपालमा संक्रमितको संख्या क्रमः घट्दै गइरहेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या समेत १५ हजारमा आइपुगेको छ ।