१९ सयको विन्दुमा आयो नेप्से,निराश छन लगानीकर्ता

काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ । निरन्तर नेप्से ओरालो लाग्दा लगानीकर्ताहरू भने निराश बनेका छन । शुक्रबार पनि बजार घटेर नै बन्द भएको थियो । 

आज परिसूचक २६.८२ अङ्कले घटेर समग्र बजार १९७९ को विन्दुमा आएको छ । नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागिरहेको छ आज ३१७ कम्पनीहरूको तीन अर्ब ८ करोडको मात्र शेयर किनबेच भएको छ । 

आइतबारको बजारमा पनि हाइड्रोपावर समूह बढी प्रभावित भएको छ । यो समूह २.४२ प्रतिशत घट्यो । फाइनान्स १.४ र उत्पादन ०.८० प्रतिशत बढे । तीबाहेकका सबै समूह घटेका छन् ।

किङ १.६३, विकास बैंक १.०६, होटल तथा पर्यटन १.५३, लगानी १.८६, जीवन बीमा ०.५३, माइक्रोफाइनान्स १.३४, निर्जीवन बीमा ०.५७, अन्य १.४३ र ब्यापार समूह १.१५ प्रतिशत घटे । कुल ३८ कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने ४ को स्थिर रह्यो । बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।

चिरख्वा हाइड्रोपावरको ८.५, धौलागिरि लघुवित्तको ६.६, गोर्खाज फाइनान्सको ५.१ र सननेपाल लाइफको ५.० प्रतिशत मूल्य बढ्यो । सन नेपाल लाइफले २३.८ प्रतिशत बोनस सेयर र सोपश्चात २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया