काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले फेवाताल को चार किल्लाभित्र पर्ने जग्गाको वर्तमान अवस्था पहिचान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा उक्त समिति गठन गरेको हो। समितिले ताल क्षेत्रभित्र रहेका जग्गाको अवस्था, निर्माण भएका संरचना तथा सम्पूर्ण कित्ता विवरणको अध्ययन गर्नेछ।
साथै, फेवाताल क्षेत्रमा पर्ने निजी तथा सरकारी जग्गाको दर्ता स्थिति, प्रयोग अवस्था र यथार्थ विवरण संकलन गरी अभिलेखीकरण गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।
मन्त्रालयका अनुसार ताल क्षेत्र संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन समिति गठन गरिएको हो। समितिलाई सात दिनभित्र विस्तृत प्रतिवेदन तयार गरी बुझाउन समय तोकिएको छ।
पछिल्लो समय बालेन शाह ले फेवाताल संरक्षणमा चासो देखाएपछि पोखरा महानगरपालिका ले अतिक्रमित क्षेत्र खाली गराउने अभियान अघि बढाएको छ।