विष्णु पौडेललाई नेप्सेको ग्रीन सिग्नल,उत्साहित लगानीकर्ता

काठमाडौं - सेयर बजार मैत्री भनेर चिनिने अर्थमन्त्रीको रुपमा आएका विष्णु पौडेललाई नेप्सेले ग्रिन सिग्नल स्वागत गरेको छ । 

उनी अर्थमन्त्री नियुक्त भएको दिन नेप्सेमा करिब ५६ अङ्क भन्दा धेरैको वृद्धि देखिएको छ । कुनै पौडेल पालामा नेप्सेले अहिलेसम्मकै हाई रेकर्ड कायम गरेको थियो । उनी अर्थमन्त्रीको रुपमा आएसँगै पुँजीबजारमा उत्साह आउने धेरैको विश्लेषण समेत रहेको छ । 

 

कोरोना संक्रमणको अवधिमा नेपालको शेयर बजारले अहिले सम्मको उच्च विन्दु कायम गरेको थियो । त्यसयता भने लगातार नेप्से घटिरहेको छ ।  

 

एक विश्लेषकका अनुसार यसै पनि बजारले बढ्ने बहाना खोजिरहेको बेला विष्णु पौडेललाई अर्थमन्त्रीको रुपमा आएसँगै अब गति लिने विश्वास व्यक्त गर्दछन् । 

प्रतिक्रिया