फेरि घट्यो बैंकको व्याजदर

काठमाण्डौ । लगानी योग्य रकम बैंकमा थुप्रिएपछि बैंकहरुले औसत आधारदर फेरि घटाएका छन् । 

नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी समीक्षा प्रतिवेदनमा बैंकहरुको औसत आधारदर घटेको हो ।

२०८० माघमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.०६ प्रतिशत, विकास बैंकहरुको ११.१३ प्रतिशत र वित्त कम्पनीहरुको १२.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको माघमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.७२ प्रतिशत रहेको थियो।

२०८० माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.०१ प्रतिशत, विकास बैंकहरुको ८.२६ प्रतिशत र वित्त कम्पनीहरुको ९.४५ प्रतिशत रहेको छ । २०७९ माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.४१ प्रतिशत कायम भएको थियो। त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० माघमा वाणिज्य बैंकहरुको ११.०८ प्रतिशत, विकास बैंकहरुको १२.८५ प्रतिशत र वित्त कम्पनीहरुको १३.९३ प्रतिशत रहेको छ । २०७९ माघमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत कायम भएको थियो।

प्रतिक्रिया