देशैभरी कांग्रेस ताते पछि सरकार पछि हट्यो ,पौडले गरे पुलको उद्घाटन

काठमाडौ – पुल उद्घाटन गर्न तनहुँ पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रण लिएर छाडे पनि कांग्रेस कार्यकर्ता आक्रोशित छन् । सरकारको चौतर्फी आलोचना भएको थियो ।

पौडेलले आज दलबल सहित पुलको उद्घाटन गरेका छन् । उनको गिरफ्तारीको विरोधमा कांग्रेसले देशभरि कडा प्रतिरोध गर्ने चेतावनी दिएको थियो । कांग्रेसका कार्यकर्ता काठमाडौंदेखि विभिन्न ठाउँमा प्रर्दशनमा उत्रिएका थिए । त्यसपछि सरकार पछि हटेको हो ।

पौडेलले आज तनहुँकाे व्यास नगरपालिकाकाे १ नम्बर र ११ नम्बर वडा जाेड्ने बुल्दी खोला मोटरेबल पुलको उद्घाटन गरेका हुन् ।

बुधबार पौडेललाई प्रहरीले करिब ३ घन्टा नियन्त्रण लिएको थियो । केही घन्टा नियन्त्रणमा लिएर साँझै पौडेललाई प्रहरीले रिहा गरेको थियाे । पाैडेल गिरफ्तारीको विरोधमा काठमाडाैं, दमौली, बाग्लुड, पोखरामा लगायतका ठाउँमा विरोध प्रदर्शन गरिएको थियाे ।

प्रतिक्रिया