निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कतिमा छ आजको कारोबार

काठमाडौं - सुनको भाउ एक लाख रुपैयाँ तल झरेको छ । चैत २ गते, बुधबार सुन तोलामा एक हजार २०० रुपैयाँले गिरावट भएको छ । यस अघि सुन फागुन २० गते, एक लाख रुपैयाँ तल कारोबार भएको थियो ।




नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा झरेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।



मंगलबार सुन तोलामा एक हजार ८०० रुपैयाँले गिरावट भएको थियो । सो दिन सुन प्रतितोला एक लाख ५०० रुपैयाँमा किनबेच भएको थियो । सुन पछिल्लो तीन दिन यता निरन्तर ओरालो लागेको छ ।



बुधबार चाँदीको मूल्य पनि गिरावट भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३८० रुपैयाँमा झरेको थियो ।

प्रतिक्रिया