काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। नेप्से १११.९६ अंकले घटेको छ, जसका कारण शेयर बजारमा ठूलो गिरावट देखिएको छ। आज नेप्सेमा भारी गिरावट भए पनि २० कम्पनीको शेयर मूल्य बढेको छ।
मंगलबार ३३० वटा कम्पनीको शेयर कारोबार हुँदा २२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ, भने १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
शेयर बजार प्रि ओपन सेसनमा ५ अंकले बढेर खुलेको भए पनि केही समयपछि गिरावट शुरु भयो। बजारले चार पटकसम्म तल झरेर माथि उठ्न खोजे पनि अन्ततः बजार बन्द हुने बेलामा १११ अंकले घटेर बन्द भयो।
आज नेप्से ३.८६ प्रतिशतले घटेर २७८२.६० विन्दुमा पुगेको छ। यस दिन १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर किनबेच भएको छ।
१३ वटा समूहहरूमध्ये होटेल एण्ड टुरिजम समूहबाहेक अन्य सबै १२ समूहमा गिरावट आएको छ। होटेल एण्ड टुरिजम समूह ०.४३ प्रतिशतले बढेर ७२८१.२७ विन्दुमा पुगेको छ।
त्यस्तै वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, हाइड्रो, इन्भेष्टमेन्ट, जीवन बीमा, उत्पादन, लघुवित्त, म्यूचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूहमा उल्लेख्य गिरावट देखिएको छ।
आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ। नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ, भने ६ वटा कम्पनीको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ।