काठमाडौं । सर्वोच्च अदालत ले केपी शर्मा ओली र रमेश लेखक लाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्न नमिल्ने ठहर गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले फौजदारी अनुसन्धानका क्रममा अदालतबाट म्याद थप गरी न्यायिक हिरासतमा राखिएको कार्य कानुनसम्मत भएको निर्णय दिएको हो।
ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्य तथा लेखकका तर्फबाट पत्नी यशोदा लेखकले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। तर अदालतले अनुसन्धान मिसिलका आधारमा हिरासतमा राखिएको प्रक्रिया कानुनी भएको निष्कर्ष निकालेको छ।
आदेशमा चैत १४ गते पक्राउ, त्यसपछि काठमाडौँ जिल्ला अदालतबाट स्वीकृति लिएर पटक–पटक म्याद थप गरी अनुसन्धान भइरहेको उल्लेख गरिएको छ। उनीहरूविरुद्ध भदौ २३ र २४ गते भएको प्रदर्शनसँग सम्बन्धित ज्यानसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जनाइएको छ।
यद्यपि, सर्वोच्च अदालत ले मानवीय आधारमा उनीहरूलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न परमादेश भने जारी गरेको छ।