काठमाडौ – युवा क्रिकेटर सन्दिप लामिछाने कोरोना मुक्त भएका छन् ।
आफ्नो सामाजिक सञ्चालमा फेसबुक मार्फत लामिछानेले आफू कोरोना मुक्त भएका बताएका हुन ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए ।
केही दिनको आरामपछि उनी बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानेछन् । अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग शुरु हुँदैछ ।