काठमाडौ – नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल गिरफ्तारी ओली सरकारलाई महंगो पर्ने चेतावनी दिनुभएको छ ।
आज आफ्नो सामाजिक सञ्जाल मार्फत थापाले सरकारले गरेको गैरजिम्मेवारपूर्ण कार्यको कडा निन्दा गर्नुभयो ।
पुल उद्घाटनका लागि गृहजिल्ला तनहुँ पुगेका पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएपछि नेता थापाले प्रधानमन्त्री ओलीलाई यस्तो चेतावनी दिएका हुन्। उनले पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप नियोजित भएको बताएका छन्।
नेकपाका कार्यकर्ताले पौडेलले पुल उद्घाटन गर्न नपाउने भन्दै नाराबाजी गरेका हुन् । नेकपाको भातृ संगठन, युवा संघका कार्यकर्ताले पौडेलको विरुद्धमा मोटरसाइकल ¥याली निकालेका थिए ।
विरोधका बाबजुत पनि पौडेलले व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाको बीचमा रहेको पुलन उद्घाटन गरेका हुन् । भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट विनियोजन भएर निर्माण गरिएको पुल पौडेललाई आमन्त्रण गरेर व्यास नगरपालिकाले कार्यक्रमको आयोजना गरेको हो । उक्त पुल पौडेलले नै शिलान्यास गरेका थिए ।