• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

बितेको २४ घण्टामा देशभर १४९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

बितेको २४ घण्टामा देशभर १४९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३०० जनाको कोरोना परीक्षण हुँदा महिला ५६५ र पुरुष ९२५ जनासहित थप १४९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५६७ जना संक्रमण मुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ३६ हजार २४६ र निको हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै मृतकको कुल संख्या १५३८ पुगेको छ ।

यसैबीच देशभर सक्रिय संक्रमित १६ हजार ४५७ जना रहेका छन् भने हालसम्म कोरोना निको हुने दर ९२.३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया