काठमाडौं - अपर तामाकोशी हाइड्रोपावरले भोली पुस १३ गते शुक्रबारदेखि १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । कम्पनीको शेयरमा साना लगानीकर्ताको खासै आकर्षण नदेखिएको देखिएको छ ।
धेरै सार्वजनिक बिदा भएका कारण पनि सोचे जति आवेदन नपरेको बुझिएको छ । कम्पनीको शेयर साना भन्दा पनि ठूला लगानीकर्ताहरुले लगानी गर्ने देखिन्छ ।
यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुन पाउनेछन् । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद पुस २९ गतेसम्म रहेको छ ।
यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरिरहेका छन् । कम्पनीले यसअघि गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो।