काठमाडौ – प्रखर वक्ता तथा सामाजिक अभियन्ता रमेश प्रसाईले आफ्नो प्रेमिकासँग विवाह बन्धनमा बाँधिने निधो गरेका छन् ।
धाराप्रवाह बोल्न सक्ने क्षमताका कारण सबैको मन जित्न सफल स्पष्ट वक्ता प्रसाईले कालीकोटकी नन्दा सिंहसँग मंसिरको २२ गते विबाह गर्ने तयारी गरेका छन् ।
अहिले उनलाई बिहेको शुभकामना दिनको बोइरो छ । नन्दा पनि सामाजिक कर्ममा नै सक्रिय ब्यक्तित्व हुन् । गायिका कल्पना दाहालसँग दोहोरी गाएपछि उनीहरु प्रेममा रहेको चर्चा सामाजिक संजालमा चलेको थियो ।