बेइजिङ — चीनले अमेरिका originated (उत्पत्तिस्थान भएको) आयातित वस्तुहरूमा थप महसुल ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्याउने घोषणा गरेको छ। उक्त निर्णय २०२५ अप्रिल १० को मध्यरात १२:०१ बजेदेखि लागू हुनेछ, चीनको राजकीय परिषद् अन्तर्गतको कस्टम्स ट्यारिफ आयोगले बुधबार जानकारी दिएको हो।
अप्रिल ८ मा अमेरिकाले चीनबाट निर्यात हुने सामानहरूमा "पारस्परिक महसुल" को नाममा थप ट्यारिफ लगाउँदै ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्याएको थियो। आयोगले भनेको छ— “अमेरिकाले ट्यारिफ बढाउनु गल्तीमाथि अर्को गल्ती हो। यसले चीनका वैध अधिकार र हितहरू गम्भीर रूपमा उल्लंघन गर्छ र नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई पनि गम्भीर असर पुर्याउँछ।”
चीनले अमेरिका समक्ष आह्वान गर्दै भनेको छ कि, ती गलत अभ्यासहरू तत्काल सच्याउन, चीनमाथि लगाइएका एकपक्षीय महसुल रद्द गर्न, र आपसी सम्मानका आधारमा समान संवादमार्फत विवादको उचित समाधान खोज्नुपर्छ।