आफ्नो इज्जत जोगाउन भन्दै पिताले गरे छोरीको हत्या

काठमाडौ – तराई क्षेत्रमा पछिल्लो समय घरेलु हिंसाका घटनाहरू निकै बढिरहेको सञ्चार आइरहेका छन् ।

६ बर्से बालिका बलत्कार देखि लिएर पिताले नै छोरीको हत्या गर्न लगाएको घटनाले सबैको मन झसङ्ग बनाएको छ ।

यस्तै एउटा घटना घटेको छ रौतहटमा । गाउँका एक युवा सँग प्रेम गरेको निहुँमा पिताले भाडाका मान्छे लगाएर छोरीको हत्या गरेको खुलासा भएको छ ।

गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता कुमारी साहको हत्या आरोपमा उनकै आमाबाबु पक्राउ परेका हुन्।

अमृताका बुबा राम अयोध्या साह तेली, आमा सितासहितलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाइ प्रहरीले आइतबार सार्वजनिक गरेको थियो।

माइतीघरमा आमासँग सुतिरहेकी अमृताकी आमा चर्पी गएको बेलामा अज्ञात व्यक्तिहरु उनको घरमा छिरेर दाहिनेपट्टिको कन्चटमा गोली हानी हत्या गरी फरार भएका थिए। ​

अहिले फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया