एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड पनि लगानीकर्ता झुम्मिए,कति पर्यो त आवेदन ?

काठमाडौ – एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी एसिया डाइनामिक डेप्ट फन्डका आवेदन खुलेको छोटो समयमै आधा भन्दा धेरै बिक्रि भईसकेको छ ।

यो समाचार तयार पार्दा सम्म ३ करोड ७० लाख इकाइ बिक्री भइसकेको छ ।

गत शुक्रबार (मंसिर १२ गते) देखि यो खुलामुखी म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँबराबरको ५ करोड इकाइ बिक्री खोलिएको थियो। हालसम्म ६० हजार आवेदकबाट ३७ करोड रुपैयाँबराबरका इकाइ खरिदका लागि आवेदन परिसकेको योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ।

एनआईसी एसिया बैंक लिमिटेड कोष प्रबद्र्धक रहेको यो योजनाका इकाइहरुको बिक्री बन्द छिटोमा भोलि (मंसिर १६ गते) र ढिलामा मंसिर २६ गते बैंकिङ समयपछि हुनेछ। भोलिसम्म बाँकी इकाइहरु पनि बिक्री भइसक्ने सम्भावना रहेको एनआईसी एसिया क्यापिलले जनाएको छ।

प्रतिक्रिया