अविरल वर्षाले बीपी राजमार्ग ठप्प, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काभ्रेपलान्चोक । अविरल वर्षासँगै आएको पहिरो र लेदोका कारण बीपी राजमार्ग आवागमनका लागि पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार वर्षाको प्रभावले राजमार्गका विभिन्न स्थानहरूमा सडकमै लेदो र पहिरो खसेपछि दुईतर्फी आवागमन बन्द भएको हो ।

राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना र नार्केललगायतका स्थानहरूमा सडकमा माटो र ढुंगामाटोको थुप्रो परेपछि सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

अहिले सम्बन्धित निकायले सडक खुलाउने प्रयास जारी राखेपनि वर्षा नरोकेका कारण तत्काल सुचारु हुन कठिनाइ हुने अनुमान गरिएको छ । प्रहरी प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय