महोत्तरी – काठमाण्डौमा मात्र हैन् उपत्यका बाहिर पनि टिपरको आतङ्क सबैलाई थाहानै छ । बर्सेनि टिपरको ठक्करबाट धेरैको ज्यान गैरहेको छ ।
यस्तै घटना घटेको छ महोत्तरीमा । साथीभाइ संगै खेलिरहेकी एक बालिकालाई ठक्कर दिदा उनको घटनास्थलमै ज्यान गएको छ ।
महोत्तरीको औरही नगरपालिका–८ टिम्किया गाउँको भित्री सडकमा आज साँझ टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही–८ बस्ने नागेन्द्र बैठाकी छोरी १२ वर्षीया रोशनी रहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।
गाउँको भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.७ ख. ४७३९ नंको टिपरले बाटो छेउमै खेलिरहेको बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । घटनापश्चात् प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ भने मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ ।