चार अर्ब माथिको कारोबार सहित नेप्सेमा हरियाली

काठमाडौं - साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ ।

तीव्र उतारचढाव रहेको बजारमा बन्द हुने बेलामा १७ अङ्क बन्द धेरैले बढेको छ । यो सँगै नेप्से २०४५ बिन्दुमा पुगेको छ । 

आज लामो समयपछि ४ अर्बमाथिको शेयर किनबेच भएको छ भने सबै उपसुचकम हरियाली छाएको छ । 

५ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर किनबेच हुँदा नविल बैंक र नेपाल टेलिकमको शेयर सबै भन्दा धेरै किन बेच भएको छ । यी कम्पनीको आज बुक क्लोज दिन समेत रहेको थियो । 

प्रतिक्रिया