काठमाडाैं - सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब २० अंकले उकालो लागेको छ। नेप्से सूचक १९.९७ अंकले वृद्धि भएर २७५८.०४ विन्दुमा पुगेको हो।
आजको कारोबारमा ०.७२ प्रतिशतको वृद्धि हुँदा १० अर्ब ५४ करोड १७ लाख रुपैयाँ बराबरको २ करोड ३० लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ।
कारोबार भएका ३१४ कम्पनीमध्ये १२६ वटा कम्पनीको शेयर मूल्य बढेको छ, जबकि ११२ वटा कम्पनीको मूल्य घटेको छ। बाँकी ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। कुल १ लाख ३ हजारभन्दा बढी पटक शेयर किनबेच भएको छ।
सकारात्मक सर्किट लाग्ने कम्पनीहरूको संख्या ७ रहेको छ। उद्योग समूहका हिसाबले १३ मध्ये ९ समूहको मूल्य बढेको छ भने ३ समूहको घटेको छ।