☰

सभामुखमा डीपी अर्याललाई रास्वपाको सर्वसम्मत प्रस्ताव

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पदका लागि पार्टी उपसभापति डीपी अर्याल लाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अर्यालको नाम प्रस्ताव गर्ने निर्णय गरेको हो। पार्टी सभापति रवि लामिछाने ले राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

सभामुख पदका लागि आगामी चैत २२ गते निर्वाचन हुने तय भएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय