३ वर्षीया बालिका बलत्कार गर्नेलाई जम्मा ६ महिना कैद

काठमाडौ – ३ वर्षीया बालिका बलत्कार गरेको आरोपमा पक्राऊ परेका एक बालकलाई ६ महिनाको कैद हुने भएको छ ।

खेल्ने क्रमममा १४ वर्षे बालकले ३ वर्षे बालिकालाई बलत्कार गरेको घटना आएको थियो । जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले गत कात्तिक २४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकामा शुक्रबार कैदसजाय तोकिएको जिल्ला अदालतले जनाएको छ ।

खेल्ने क्रममा घरदेखि उत्तर रहेको पोखरीको डिलमा ०७६ भदौ ६ गते आरोपितले बलात्कार गरेको पीडितले बताएपछि थाहा पाउनुभएकी उनकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय कडरबोनाले घटनाको भोलिपल्टै आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतको इजलाशले आरोपित बालकलाई पुर्पक्षका लागि ०७६ भदौ १९ गते बालसुधार गृह वीरगञ्ज पठाउने आदेश गरेको थियो ।

प्रतिक्रिया