काठमाडौं–जलविद्युत् कम्पनीले एकपछि अर्को धमाधम आइपिओ निष्कासन गरिरहेका छन् । विगतको तुलनमा सेयर बजारमा पनि जलविद्युत् कम्पनीको राम्रो कारबार भइरहेका बेला विभिन्न कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गरेका छन् ।
पछिल्लो पटक न्यादी हाइड्रोपावरले पनि आइपिओ निकाल्ने तयारी गरेको छ । आइपिओ निष्कासनका लागि न्यादीले धितो पत्र बोर्डमा आवेदन दिएको छ । पहिलो चरणमा आयोजना प्रभावित र दोस्रो चरणमा आम सर्वसाधारणकाला लागि आइपिओ निकाल्ने तयारी गरेको छ ।
बोर्डले स्वीकृति दिए पछि आइपिओ सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले २७ प्रतिशत ४० करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ प्रभावित क्षेत्रका स्थानीयलाई दिने तयारी गरेको छ । दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ जारी गर्ने योजना बनाएको छ । कम्पनीले आइपिओ निष्काशन तथा बिक्रीकर्ता ग्लोवल आइएमई क्यापिटललाई जिम्मा दिएको छ ।