मेगा क्यापिटलले २४।५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाण्डौ । मेगा क्यापिटलले २४.५ प्रतिशत नगद लाभांस दिने भएको छ । यसैका लागि मेगा क्यापिटलले मंसिर १६ गते वार्षिक साधारण सभा बोलाएको छ 
 
सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । 
त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 

साथै, सभाले अन्य कुनै मर्चेन्ट बैंकसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
 

प्रतिक्रिया