काठमाडौ – पछिल्लो समयकी निकै चर्चित गायिका शान्ती श्री परियारको आवाज रहेको निकै उत्कृष्ट गीत मिर्सी खानेलाई भर्खर मात्र सार्वजनिक भएको छ ।
अहिलेका अर्का लोकप्रिय गायक खेम सेञ्चुरी र परियारको आवाज रहेको सो गीत फरक धारमा बनेको छ । गीतको भिडियो र अडियोले हेर्ने सुन्नेलाई अन्तिम सम्म बाँधेर राख्छ ।
गीत सार्वजनिक भए पछि हामी संग कुरा गर्दै गायिका परियारले आफूलाई अडियो र भिडियो अत्यन्तै मन् परेको बताउँदै दर्शक श्रोताले पनि मन् पराउने मा आफूहरु आशावादी रहेका बताउनु भयो ।
गीतमा चर्चित सर्जक प्रल्हाद सुवेदीको शब्द तथा सर्जक प्रसाद लामिछानेको लय सिर्जना रहेको छ ।
गीतको भिडियोमा अनुभवी निर्देशक कुमार केसीले नयाँ थिममा उत्कृष्ट निर्देशन गरेका छन् भने लोमस र जुना सुन्दासले दमदार अभिनय गरेका छन् ।