जगदम्बा स्टिलको भट्टी विस्फोट हुँदा ४ मजदुर गम्भीर घाइते

काठमाडौ – बारामा रहेको जगदम्बा स्टिलको फलाम पगाल्ने भट्टीमा विस्फोट हुँदा चारजना मजदुर घाइते भएका छन् ।

गाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सर्लाहीको सक्रौल गाउँपालिका–६ बस्ने ४० वर्षीय बिकिन्द्र यादव गम्भिर घाइते भएका हुन् । उनको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा भारत मोतिहारी जिल्ला बस्ने अन्दाजी २६ वर्षीय नईमुदिन आलम, भारत शिवन ग्राम जिल्ला बस्ने ४८ वर्षीय जनक देव यादव र सर्लाही बरथवा नगरपालिका–५ बस्ने २८ वर्षीय मुकेश साह सामान्य घाइते छन् । आलम र यादवको तराई अस्पताल सिमरामा र वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया