भारतको भूमि जोगाउँदा फेरि नेपाली युवाको ज्यान गयो,शोकमा परिवार

काठमाडौ – यसो त विगत धेरै वर्ष देखि नेपाली युवा भारतीय सेनामा काम गर्दै आएका छन् । त्यस माथि पनि भारत पाकिस्तान विवादित क्षेत्रमा समेत नेपालीले भारतको भूमि जोगाउन ज्यानको बाजी लगाएर लडिरहेका छन् ।

यस्तै दुःखद खबर भर्खर बाहिरिएको छ । जम्मू कश्मीरको भिडन्तमा फेरि एक नेपाली युवाले ज्यान गुमाएका छन् ।

दाङ तुलसीपुर निवासी एक युवाको आतंकारी हमलामा परि मृत्यु भएको छ । भारतको जम्मु कश्मीरमा कार्यरत तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवसी ३० बर्षीय प्रेम केसीको शुक्रवार विहान आतंकारी हमला परि मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

प्रेमले भारतीय सेनामा जागिर खाएको १४ वर्ष पुगेको थियो । प्रेमका ७ वर्षीया छोरी र ५ वर्षका छोरा रहेको तुलसीले जानकारी दिए ।

प्रतिक्रिया