काठमाडौ – नेपालमा पछिल्लो समय कोरोना ले ज्यान जानेको संख्या बढिरहेको छ । सबै उमेर समूहका मानिसमा कोरोना जोखिम समेत देखिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट २५ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाइ नगरपालिका वडा नं. १० की २५ वर्षीया सुत्केरी महिलाको नोबेल मेडिकल कलेजको शिक्षण अस्पताल विराटनगरमा गएराति मृत्यु भएको हो ।
उनले १७ दिन पहिला छोरीलाई जन्म दिएकी थिइन् । सास लिन कठिन भए पछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको बिहीबार राती उपचारको क्रममा ज्यान गएको अस्पताल श्रोतले जनाएको छ ।