काठमाडौ – नेपालमा पछिल्लो 24 घण्टामा १७०३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
यो अवधिमा नेपालमा १० हजार ४६० जनाको PCR परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।
साथै यही अवधिमा नेपालमा १२ सय ३६ कोरोना मुक्त भई घर फर्किएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९ हजार ४ सय ३५ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २ सय ३७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।