पिपुल पावरको आइपिओ आउने पक्कापक्की,कति कित्ता गर्दैछ त निष्कासन ?

काठमाडौं–लगानीकर्ताका लागि विभिन्न कम्पनीहरुले साधारण शेयर (आइपिओ) जारी गरिरहेका छन् । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि करिब ३१ करोड रपैयाँ बराबरको शेयर जारी गर्ने भएको छ ।

सर्वसाधारणका लागि कूल शेयर लगानीको ३० प्रतिशत अर्थात करिब ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

करिब ९० करोड रुपैयाँ लागत रहेको आयोजनामा नेपाल बंगलादेश बैंकले ६० करोड ऋण लगानी गरेको छ । अन्य रकम प्रमोटरले लगानी गरेका छन् ।

शेयर जारी गर्नका लागि पिपुल्स पावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोष राज नेपाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन् ।

पिपुल्स पावरले इलामको पुवाखोलामा ४.९६ मेगावाटको विद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको कम्पनीको दाबी छ ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग बर्षायामको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद गर्ने सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया