काठमाडौ – कोरोना महामारीले विश्वलाई आक्रान्त पारिरहेको छ । कोरोना संक्रमिहरुको ज्यान बचाउनको लागि सञ्जिवनी बुटी बनीरहेका छन् स्वास्थ्यकर्मीहरु । अग्रपंतिको जोखिममा रहेर पनि उनीहरुले रातदिन नभनी काम गरेका छन् ।
यसरीनै रातदिन नभनी बिरामीको उपचार गर्ने डाक्टरको नाम भित्र पर्छ डाक्टर शुभम् उपाध्याय । उनी केबल २६ वर्षका मात्र भएका छन् । कोरोना लागेका बिरामीको उपचार गर्दा गर्दै कलिलै उमेरमा उनको ज्यान गएको छ ।
उनी भारत मध्यप्रदेशको राजधानी भोपालमा कोरोना संक्रमितको उपचारमा खटिएका थिए । उनले विगत लामो समय देखि त्यहाँ काम गर्दै आएका थिए ।
२६ वर्षीय डाक्टर भोपालको सागर मेडिकल कलेजको शिक्षण अस्पतालमा काम गर्थे । २८ अक्टुबरमा कोरोना संक्रमण भएपछि उनलाई १० नोभेम्बरमा भोपालको चिरायू अस्पतालमा भर्ना गरिएको थियो ।
भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनका बारेमा चर्चापरिचर्चा भएपछि मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले चेन्नइ लगेर फोक्सो प्रत्यारोपणको व्यवस्था गर्न निर्देशन दिएका थिए । तर, तुफानले गर्दा चेन्नइ लैजान नसकिएको र उनको बुधबार मृत्यु भएको चौहानले बताएका छन् ।